एसइई परीक्षा व्यवस्थापनसम्बन्धी कार्यशाला पोखरामा
गण्डकी, ३ चैतः माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पोखरामा दुईदिने कार्यशाला सुरु गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखाको आयोजनामा एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन सुधार कार्यशाला सुरु गरिएको हो । कार्यशालामा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकार भएका निकायका प्रतिनिधि, शिक्षक, परीक्षा व्यवस्थापनमा संलग्न प्रतिनिधि तथा सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता छ । कार्यशालाबाट तयार हुने प्रतिवेदनका आधारमा गण्डकी प्रदेश सरकारले शिक्षामा आफ्नो अधिकारअनुरूप काम अगाडि बढाउने र आवश्यक विषयमा केन्द्र सरकारलाई सिफारिस गरिने शिक्षा विकास महाशाखाका प्रमुख दामोदर सुवेदीले जानकारी दिनुभयो । विद्यार्थीको रजिस्टेसनदेखि प्रमाणपत्र प्राप्त गर्ने समयसम्म देखिने समस्यालाई सम्बोधन गर्ने गरी नीति तथा व्यवस्थापन सुधार गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । कार्यशालालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले एसइई जस्तो महत्वपूर्ण राष्ट्रिय परीक्षालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी ढङ्गले सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । परीक्षा व्यवस्थापनमा संलग्न सरोकारवालाबीच अनुभव आदानप्रदान, समस्या पहिचान तथा समाधानका उपायबारे कार्यशालामा गहन छलफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीमैत्री र व्यवस्थित परीक्षा प्रणाली विकास गर्नु प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँदै उहाँले शिक्षाको गुणस्तर सुधार र परीक्षालाई अझ व्यवस्थित बनाउँदै लैजान प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष डा महाश्रम शर्माले शिक्षाका क्षेत्रमा गण्डकी प्रदेशले आफ्नो अधिकारअनुसार प्रभावकारी काम गरिरहेको बताउनुभयो । सूचना, सञ्चार तथा प्रविधिमा आएको परिवर्तनलाई आत्मसात गर्दै परीक्षा प्रणालीलाई अझ व्यवस्थित र अन्तरराष्ट्रियस्तरको बनाउन निरन्तर मेहनत गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले पारदर्शी, व्यावहारिक र व्यवस्थित व्यवस्थापनबाट परीक्षा प्रणालीमा सुधार ल्याउन सकिने धारणा राख्नुभयो । राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख सुभाष पन्तले एसइई परीक्षालाई प्रविधिमैत्री ढङ्गले व्यवस्थित गर्नतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया