नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण
मध्यविन्दु (नवलपरासी), ३ चैतः नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गजेन्द्र मोक्षधाम तथा सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु गरिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय भरतपुरका प्रमुख डा नारायण सुवेदीका अनुसार करिब रु १७ करोड लागतमा तटबन्ध निर्माण सुरु गरिएको हो । फागुनको अन्तिम साताबाट सुरु भएको सो तटबन्ध निर्माणको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले सोमबार स्थलगत अनुगमन गर्नुभएको छ । निरीक्षणका क्रममा सचिव दवाडीले नारायणी नदी किनारमा रहेको सुस्ताको संरक्षण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । “सुस्ता क्षेत्रको संरक्षणका लागि सरकारले प्राथमिकताका साथ काम अघि बढाएको छ,” उहाँले भन्नुभयो, “यहाँ भइरहेको सरकारी लगानीको अवस्था बुझ्न स्थलगत अनुगमनमा आएकी हुँ ।” आयोजना प्रमुख सुवेदीले वर्षायाम अगावै काम सम्पन्न गर्ने लक्ष्यका साथ फिल्डमै अस्थायी कार्यालय स्थापना गरी २४ घण्टा कर्मचारीको निगरानीमा काम भइरहेको जानकारी दिनुभयो । अनुगमनका क्रममा सचिव दवाडीले आयोजनाको कामप्रति प्रशंसा गर्दै तटबन्ध निर्माण समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
ताजा अपडेट
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
- पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्राः देवताको रक्षार्थ खुसीयालीको पर्व
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया