डढेलो नियन्त्रण गर्न स्वयंसेवक
चितवन, ४ चैतः डिभिजन वन कार्यालयले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त गरेको छ । चितवन डिभिजन वन कार्यालयले हालै छ जनालाई स्वयंसेवक नियुक्त गरी काममा खटाएको हो । उक्त कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार स्वयंसेवकले सशस्त्र वन रक्षकहरूसँगको सहकार्यमा वनमा लागेको आगो निभाउने छन् । डढेलोको जोखिम भएका स्थानमा उनीहरूलाई आगामी तीन महिनासम्म परिचालन गरिने छ । चितवनमा सामुदायिक, कवुलियती, धार्मिक र निजी वन छन् । सीमित स्रोत र साधन भए पनि जङ्गलको आगो निभाउन हरसम्भव प्रयास गरिने उहाँले बताउनुभयो । केही सामुदायिक वनसँग भएका सामग्री र सुरक्षा निकायसँगका उपकरण प्रयोग गरेर अग्ति समन हुँदै आएको उहाँले जानकारी दिनुभयो ।
ताजा अपडेट
- आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन
- ऊर्जा र जलस्रोतको विकासका लागि तीन तहका सरकारबीच समन्वय बढाइने
- दुई फर्मलाई विभागको जरिवाना
- मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह
- प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
- अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्
- पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना
- आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया