२७औँ फ्लोरा एक्स्पोः दुई दिनमै ५१ लाखभन्दा बढी कारोबार
काठमाडौँ, ६ चैत : काठमाडौँको भृकुटीमण्डपमा जारी २७औँ फ्लोरा एक्स्पोको दुई दिनमै ५१ लाखभन्दा बढी कारोबार भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने मूल नाराका साथ चैत ८ गतेसम्म मेला सञ्चालन हुनेछ । बिहीबारदेखि सुरु भएको मेलाको पहिलो दिन नौ हजार ५०० जनाले अवलोकन गरेका थिए भने रु २१ लाख ५० हजारबराबरको कारोबार भएको फ्लोरीकल्चर एसोसिएसन नेपाल (फ्यान)का कोषाध्यक्ष राजकृष्ण बजगाईँले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो दिन शुक्रबार १७ हजार ५०० दर्शकले मेला अवलोकन गरेका छन् भने रु २९ लाख ५० हजारबराबरको कारोबार भएको छ । “यससँगै दुई दिनमा कुल २७ हजार दर्शकले मेला अवलोकन गरेका छन् भने कारोबार रु ५१ लाखभन्दा बढी पुगेको छ । एक्स्पोमा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक दुई, फुड दुई, ल्यान्डस्केप एक, सेल्फी एक र बिवाइडी इभी कारको एक स्टल गरी कुल ८३ वटा स्टल रहेका छन्”, उहाँले भन्नुभयो । मेलाका संयोजक रामबहादुर तामाङले मेलामा सहभागी पुष्प व्यवसायीहरूले उत्पादन गरेका फूल तथा बिरुवा विभिन्न विधामा प्रतिस्पर्धा गराइने बताउनुभयो । यस वर्षको एक्स्पोमा करिब ६० हजार दर्शकले अवलोकन गर्ने र रु एक करोड २० लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संयोजक तामाङको भनाइ छ । साथै, सामाजिक उत्तरदायित्वअन्तर्गत आज बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म रक्तदान कार्यक्रमसमेत आयोजना भएको लायन्स क्लब अफ काठमाडौँ ग्लोबल फ्लोरिकल्चरका अध्यक्ष सीताराम लामिछानेले बताउनुभयो । लायन्स क्लब अफ काठमाडौँ ग्लोबल फ्लोरिकल्चरले विगतमा पनि रक्तदान कार्यक्रम, निःशुल्क पिउने पानी वितरण गर्दै आएको छ ।
ताजा अपडेट
- अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्
- पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना
- आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
- लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
- मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया