हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण
भोजपुर, ६ चैतः भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक सय थान त्रिपाल वितरण गरेको छ । हुरीका कारण धेरै घर, गोठ तथा भौतिक संरचनाको छाना उडाउँदा स्थानीयवासी समस्यामा परेपछि गाउँपालिकाले तत्काल राहतस्वरूप त्रिपाल उपलब्ध गराएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाका अनुसार विपद्लगत्तै प्रहरी, कर्मचारी तथा जनप्रतिनिधिको संयुक्त टोली परिचालन गरी क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरिएको छ । हालसम्म १९६ जना प्रभावित भएका तथ्याङ्क सङ्कलन भइसकेको उहाँले जानकारी दिनुभयो । हुरीबतासका कारण घर, गोठ, शौचालयलगायत संरचनामा क्षति पुगेको बताउँदै उहाँले कतिपय परिवारको बसोबास गर्ने घरका छाना पूर्ण रूपमा उडाएको छ भने केही घरमा आंशिक क्षति पुगेको जानकारी दिनुभयो । घरमा बस्नै नमिल्ने अवस्था सृजना भएपछि प्रभावित परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन् । यस्तो कठिन परिस्थितिमा तत्कालका लागि सुरक्षित आश्रयको व्यवस्था गर्न त्रिपाल वितरण गरिएको गाउँपालिकाले जनाएको छ । साथै, दीर्घकालीन राहतका लागि पनि गाउँपालिकाले उचित क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । बसोबासयोग्य घरको दुवैपट्टिको छानो उडाएका गरिब, विपन्न, आर्थिक रूपमा कमजोर, एकल महिला तथा असक्त नागरिकलाई प्राथमिकतामा राखी प्रतिपरिवार रु १० हजारका दरले राहत रकम वितरण गरिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार वास्तविक पीडित पहिचानका लागि वडा तहबाट सिफारिस सङ्कलन भइरहेको छ । यसैबीच, हुरीबतासका कारण हतुवागढी गाउँपालिकाभित्रका नौवटा विद्यालय तथा सामुदायिक भवनमा पनि क्षति पुगेको छ । हुरीबाट प्रभावित स्थानीयवासीले भने तत्काल राहत उपलब्ध गराएकामा गाउँपालिकाप्रति आभार व्यक्त गरेका छन् । उहाँहरूले थप सहयोग र पुनःस्थापनाका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न माग गरेका छन् ।
ताजा अपडेट
- अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्
- पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना
- आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
- लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
- मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया