सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन
म्याग्दी, ६ चैत : महिलालाई आयआर्जनमुलक व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–४ सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ । समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोतसाधन र सम्भावना भएको उद्यम व्यवसाय गरी आयआर्जनका काममा संलग्न गराउन कार्यक्रममार्फत सीप र प्रविधि सहयोग गरिएको हो । बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले आमा समूहलाई परिचालन गरेर महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर, स्वावलम्बी र सामाजिक रूपमा सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । “महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेका हौं,” उहाँले भन्नुभयो “आर्थिक वर्ष २०७९÷०८० देखि शुरु भएको चालु आर्थिक वर्षमा रु. २० लाख बजेट बिनियोजन भएको कार्यक्रम वडा न. ४ र ४ मा लागू भएको छ ।” महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेको उपमेयर लामिछानेले बताउनुभयो । नगर उपप्रमुख लामिछानेको प्रस्तावमा चार वर्षअघि निर्वाचित कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । यस वर्ष सिंगामा तीन समूहले मौसमी बेमौसमी तरकारीको बस्तु विबिधीकरण, तातोपानी कुण्डमा डुब्दा लगाउने कपडा सिलाउने तालिम र तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरेका छन् । कार्यक्रमबाट तीन वटै समूहका ३० जना भन्दा बढीले सिपमुलक तालिम पाउने नगर कार्यपालिका सदस्य मिना कार्कीले बताउनुभयो । बेनी–६ मा रहेका १८ आमा समूहहरुले संयुक्त रुपमा तीन महिने सिलाई कटाई तालिमको प्रस्ताव गरेका छन् । साठी जनालाई सिलाई कटाई सम्बन्धी तालिम दिइने नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७९÷८० मा बेनी–३ भकिम्लीमा कुखुरापालन र बेनी ं.– ९ घतानमा चप्पल, दालमोड, नमकिन बनाउने तालिम सञ्चालन भएको थियो । २०८०÷०८१ मा बेनी नगरपालिका–१० पात्लेखेतमा सञ्चालन भएको कार्यक्रममा सहभागी महिलाहरुले ब्यवसायिक रुपमा बाजा बजाउन र बेनी ं.–२ खबरामा केराको थामबाट धागो बनाउने गरेका छन् । २०८१÷०८२ मा बेनी नगरपालिका–५ पुलाचौरमा च्याउखेती, बेनी १ रत्नेचौरमा बाँसको सामग्री बनाउने तालिम र च्याउखेती सम्बन्धी कार्यक्रम सञ्चालन भएको थियो ।
ताजा अपडेट
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
- आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
- दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
- नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड
- वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
- मातातीर्थमा मातृभक्तको भीड
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया