जेन–जी अभियन्ता मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
काठमाडौँ । जेन–जी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारको विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेका छन ।
उनले आज एक कार्यक्रमबीच जेन–जी आन्दोलनको नेतृत्व वर्तमान सरकारले गर्न नसक्ने भन्दै भोलिदेखि देशव्यापी ‘संयुक्त जेन जी’ आन्दोलन घोषणा गरेका हुन् । भोलि माइतीघरमा ११ बजे भेला हुन उनले सबैमा आव्हान गरेका छ्न् ।
भदौ २३- २४ को आन्दोलन र यसले उठाएको मागप्रति प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको ढुंगानाको जिकिर छ । सय दिनमा जनताले महसुस गर्ने गरी कुनै काम नभएको बरु वर्तमान सरकारले निर्वाचनको मात्रै रटान लगाइरहेको उनको आरोप छ ।
कार्की सरकारले जेन- जी आन्दोलनको मर्म नबोकेको साथै समग्र युवाको नेृत्व नगरेको भन्दै उनले सर्वपक्षीय सरकार गठनको माग गरेका छन् । उनले भोली सोमवार माईतीघरबाट आन्दोलन थाल्ने जानकारी दिएका छन् । जुन आन्दोलन शान्तिपूर्ण हुने उनको दाबी छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया