बालेनलाई प्रधानमन्त्री बनाउने छलफल भएको छैन: रवि लामिछाने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री बनाउने विषयमा कुनै छलफल नभएको बताएका छन् ।
बालेन र रविबिच सोमबार मध्यरातीसम्म भएको भेटवार्तालाई लिएर सामाजिक सञ्जाल तथा संचारमाध्यमहरुमा विभिन्न खालका समाचारहरु आउन थालेपछि रविले नयाँ र वैकल्पिक भनिएका शक्तिहरूबीच संवाद र सहकार्यको प्रयास स्वरूप मात्रै भेटघाट भएको बताए ।
अदालतको तारेखमा हाजिर हुन भैरहवा जानुअघि मंगलबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले सोमबार राति काठमाडौँमा भएको बालेनसँगको भेटघाट एक–अर्कालाई बुझ्ने चरणमै सीमित रहेको बताएका हुन् ।
पत्रकारहरूले बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो कि होइन भन्ने प्रश्न गरेपछि लामिछानेले त्यसलाई हल्ला मात्रै भएको संकेत गरे । उनका अनुसार अहिलेको प्राथमिकता सत्ता समीकरण होइन, साझा दृष्टिकोण भएका नयाँ शक्तिहरूबीच विश्वास र समझदारी बढाउनु हो ।
लामिछानेले रास्वपाले अघि सारेको नीति अनुसार नै नयाँ र वैकल्पिक भनिएका सबै व्यक्तित्व तथा समूहहरूसँग संवाद भइरहेको बताए । बालेनसँगको भेट पनि सोही निरन्तर प्रयासको एक कडी भएको उनको भनाइ छ । ‘हामीले सुरुदेखि नै नयाँ शक्तिहरूसँग संवाद गर्ने भनेका थियौं’, उनले भने, ‘त्यही अनुसार छलफल अगाडि बढेको हो ।’ उनले बालेनसँग मात्र नभई अन्य व्यक्तित्वहरूसँग पनि छलफलको तयारी भइरहेको जानकारी दिए । ‘अब हामी अन्य राजनीतिक तथा वैकल्पिक शक्तिहरूसँग पनि कुरा गर्छौँ’, उनले भने, ‘हामी नेपाली नामक एनजीओका सुदन गुरुङजीसँग र कुलमान घिसिङजीसँग पनि छलफल गर्ने तयारीमा छौं ।’
लामिछानेका अनुसार यी सबै संवादको उद्देश्य कुनै एक व्यक्तिलाई अघि सार्नु भन्दा पनि साझा एजेण्डा र सहकार्यको सम्भावना खोज्नु हो । ‘सबैसँग कुराकानी गरेर एक ठाउँमा आउनका लागि प्रयास गर्छौ’, उनले भने, ‘मैले भनेअनुसार रास्वपा आफ्नै बाटोमा अगाडि बढिरहेको छ ।’ यसरी, पछिल्लो समय चर्चामा आएका भेटघाट र संवादहरूलाई सत्ता केन्द्रित सहमतिको रूपमा बुझ्नु हतारो हुने र अहिलेको चरण विश्वास निर्माण र समझदारी विस्तारमै केन्द्रित रहेको रास्वपाको स्पष्ट सन्देश छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया