शेखरलाई रविन्द्र मिश्रको खुलापत्र: ‘ल्याङल्याङे’ पाराले राजनेता बनिँदैन
कोइरलाको व्यवहार वीपीको शिक्षासँग मेल नखाने मिश्रको तर्क
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई लक्षित गर्दै खुलापत्र सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको पत्रमा मिश्रले कोइरालाले पछिल्लो समय दिएका अभिव्यक्तिलाई आधार बनाएर उनको राजनीतिक धार स्पष्ट नभएको आरोप लगाएका छन् । जस्का कारण कोईरलाले अब निर्णायक रूपमा कित्ता रोज्नुपर्ने मिश्रको भनाई छ ।
मिश्रले कोइरालाका देशलाई अभिभावक चाहिएको, राष्ट्रियता नाजुक अवस्थामा पुगेको, राष्ट्रियता र प्रजातन्त्र सँगसँगै अघि बढ्न नसके देश जोगिन नसक्ने र लोकतन्त्र छाडातन्त्र जस्तो बनेको भन्ने भनाइहरू उद्धृत गर्दै ती कुरामा चिन्ता व्यक्त गर्ने व्यक्ति आफैं निर्णायक भूमिकामा देखिन नसकेको टिप्पणी गरेका छन् । देशको अवस्था यति गम्भीर भएको स्वीकार गर्ने नेता स्वयं जिम्मेवारी लिन तयार नदेखिनु आत्मकेन्द्रित सोचको उदाहरण भएको उनको आरोप छ ।
खुलापत्रमा मिश्रले वीपी कोइरालाको राजनीतिक विरासतको चर्चा गर्दै शेखर कोइरालासँग प्रश्न गरेका छन्–देशलाई पहिलो प्राथमिकता दिने कि पदलाई ? विचारभन्दा माथि देश राख्ने वीपीको शिक्षासँग अहिलेको व्यवहार मेल नखाने उनको तर्क छ । उनले सत्ता समीकरण र अवसरको प्रतीक्षामा बस्दै अस्पष्ट अभिव्यक्ति दिइरहने शैलीलाई ‘ल्याङल्याङ’ व्यवहारको संज्ञा दिएका छन् ।
मिश्रले शेखर कोइरालालाई स्पष्ट कदम चाल्न आग्रह गर्दै पत्रकार सम्मेलन गरेर देश र कांग्रेसलाई ‘वीपी पथ’ मा लैजानुपर्ने कारण खुलस्त भन्न सुझाव दिएका छन् । त्यसो गर्न सके कांग्रेस सभापति र प्रधानमन्त्री बन्ने बाटो सहज हुने दाबी पनि उनले गरेका छन् । अर्कोतर्फ, छिमेकीको धारणा, भू–राजनीति र सत्ताको गणितमा अल्झिरहनु राजनीतिक नेतृत्वको कमजोरी भएको उनको भनाइ छ ।
खुलापत्रमा मिश्रले भविष्यमा देश नयाँ समझदारीतर्फ जाने सम्भावना प्रबल रहेको उल्लेख गर्दै त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्ने धारणा राखेका छन् । त्यसो नभए देश विस्तारै वा अनपेक्षित रूपमा अस्तित्वको संकटतर्फ धकेलिन सक्ने चेतावनी पनि दिएका छन् । यस्तो अवस्थामा वीपीको विचार बोकेको दलका नेताले निर्णायक भूमिका नखेले दुःखद हुने उनको टिप्पणी छ ।
मिश्रले कोइरालालाई दुई विकल्पमध्ये एउटा रोज्न स्पष्ट आग्रह गरेका छन्–या आफूलाई प्रचण्डवादी भनेर स्वीकार गर्ने या वीपीवादी भनेर अडान लिने । दुबैतर्फ मिल्ने प्रयासले न त राजनेता बन्न सकिने न त देशलाई मार्गदर्शन दिन सकिने उनको निष्कर्ष छ । मिश्रका अनुसार अस्पष्ट र ढुलमुले राजनीतिले इतिहासमा कसैलाई पनि राजनेता बनाएको छैन ।
यस्तो छ पत्र:-
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया