चुनाव लड्न मन्त्री पदबाट राजीनामा दिने मनस्थितिमा कुलमान
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयका मन्त्री कुलमान घिसिङले चुनाव लड्न मन्त्री पदबाट राजीनामा दिने संकेत गरेका छन् ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो संकेत गरेका हुन् । उनले भने, ‘जुन बेला हामी चुनावमा जान्छौँ, उम्मेदवारी दर्ता गर्ने समय आउँछ। उपयुक्त समयमा आवश्यक निर्णय गर्छौँ।’
अहिलेको सरकारको मुख्य कार्यभार निर्वाचन नै भएको बताए। चुनावमा सबै नयाँ शक्तिहरू मिलेर जानुपर्छ भन्नेमा रहेको बताए।
उनले भने, ‘आआफ्नो क्षेत्रबाट जुनसुकै परिस्थितिमा योगदान पुर्याउनुपर्छ। सबै आफैंमात्रै ठिक भनेर जान हुँदैन। सबै एक भएर जानुपर्छ भन्नेमा एकमत छ। कोको कसरी मिल्ने भन्ने होइन, नयाँ शक्तिहरू सबै मिल्ने हो।’
साथै उनले आज आफ्नो कार्यकालको पहिलो १०० दिनमा सम्पन्न काम, हासिल भएका उपलब्धि र आगामी प्राथमिकतासहितको कार्ययोजना सार्वजनिक गरेका छन् ।
कार्यक्रममा मन्त्री घिसिङले सरकार गठनपछि बहु–मन्त्रालयको जिम्मेवारी सम्हालेको छोटो अवधिमै १०१ वटा महत्वपूर्ण काम सम्पन्न भएको दाबी गरे ।
उनले नेतृत्व लिएको टोलीले संकट व्यवस्थापन, पूर्वाधार सुधार र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरेको बताए । ऊर्जामन्त्री कुलमान घिसिङले आफू राजनीतिमा सक्रिय भइसकेको बताएका छन्।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया