सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्ने दुर्गा प्रसाईँको चेतावनी
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले सरकारले आइतबारसम्म आफ्ना मागमा स्पष्ट सहमति नगरे देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीसँग सिंहदरबारमा भएको झण्डै दुई घण्टाको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकार गम्भीर नदेखिएको खण्डमा आन्दोलन अपरिहार्य हुने बताएका हुन् ।
प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा भएको वार्तामा सरकारले आइतबारसम्म सहमतिको मस्यौदा टुंग्याउने र सोमबारको मन्त्रिपरिषद् बैठकबाट कार्यान्वयन गर्ने प्रस्ताव राखेको प्रसाईंको भनाइ छ ।
‘प्रधानमन्त्रीले आइतबारसम्म समय माग्नु भएको छ । सहमति भयो भने सोमबार मन्त्रिपरिषद्बाट निर्णय हुन्छ भनिएको छ,’ उनले भने, ‘तर आइतबारसम्म सम्झौतामा हस्ताक्षर भएन भने हामी आन्दोलनमा जानेछौं ।’
उनले आफूहरूका माग व्यक्तिगत नभई आम नागरिक, विशेषगरी सहकारी र लघुवित्त पीडितसँग जोडिएको दाबी गरे । २० लाख रुपैयाँभन्दा कम ऋण मिनाहा गर्नुपर्ने, सहकारी तथा लघुवित्त पीडितलाई राज्यले राहत दिनुपर्ने, र आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिहरूको रिहाइ हुनुपर्ने उनका मुख्य माग छन् ।
प्रसाईंका अनुसार हाल करिब ११ सय ‘जेनजी’ प्रहरी हिरासत र जेलमा छन् । ‘एउटा पक्षलाई रुवाएर चुनाव हुन सक्दैन,’ प्रसाईंले दोहोर्याउँदै भने, ‘न्याय नपाएका नागरिकलाई छोडेर, पीडितका मुद्दा थाती राखेर गरिने कुनै पनि चुनाव स्वीकार्य हुँदैन ।’ उनले सरकारलाई गम्भीर भएर समस्या समाधानतर्फ जान आग्रह गर्दै आइतबार निर्णायक दिन हुने स्पष्ट पारे ।
सरकारसँग तेस्रो पटक वार्ता भएको उल्लेख गर्दै प्रसाईंले यस पटक पनि सहमति कार्यान्वयनमा ढिलासुस्ती भए आन्दोलन अझ व्यापक हुने चेतावनी दिएका छन् । अब सबैको ध्यान आइतबारसम्म सरकार र आन्दोलनरत पक्षबीच ठोस सहमति हुन्छ कि हुँदैन भन्नेमा केन्द्रित भएको छ ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया