चक्रेमिलन सिफारिस गोरखा २ बाट २०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा प्रचण्ड विजयी भएका थिए । तर फागुन २१ को निर्वाचनमा उनी त्यहाँबाट नलड्ने सम्भावना बलियो छ । प्रचण्डले २०७९ मा जितेको यही क्षेत्रमा एमालेले चक्रे मिलनको नाम अघि सारेको हो ।
प्रचण्डले जितेको गोरखा २ बाट एमालेले अघि सार्यो चक्रे मिलनलाई
जेनजी पुस्ताले माग गरेकाे दावी
काठमाडौं । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनका लागि गोरखा क्षेत्र नं–२ बाट एमालेका मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।
यसअघि पनि एमालेले उनलाई २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार सिफारिस गरेको थियो ।
यस पटक पनि उम्मेदवारमा सिफारिस भएपछि उनले यो निर्णय आफ्नो व्यक्तिगत इच्छाभन्दा जनसमुदाय, युवा तथा जेन-जी पुस्ताको निरन्तर माग र दबाबका कारण लिएको दाबी गरेका छन् ।
विगतमा गुण्डानायिकेकाे ट्याग पाएका उनी नेकपा एमालेमा वि.सं. २०५० सालदेखि सक्रिय बनेका हुन् । उनी सामाजिक कार्यमा पनि क्रियाशील छन्।
एमाले नेता-कार्यकर्तालाई लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आए पनि उनी पटक पटक गुण्डार्दी आरोपमा समातिएका छन् ।
गुरुङको उम्मेदवारीबारे प्रतिक्रिया दिँदै युवा संघका केन्द्रीय सदस्य एवम् गोरखानिवासी प्रविण अधिकारीले जो कोही निस्वार्थ राजनीति र समाजसेवाका लागि अघि बढ्छन् भने गोरखामा स्वागत गर्नुपर्ने बताए ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया