कोशीमा मन्त्रिपरिषद् पुनर्गठन : कांग्रेस–एमालेका ५/५ नयाँ मन्त्री नियुक्त
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै सबै पुराना मन्त्री हटाएका छन् । कांग्रेस र एमालेका नयाँ अनुहारलाई समेट्दै ८ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरिएको छ ।
मुख्यमन्त्रीको सिफारिसमा नियुक्त नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले प्रदेश प्रमुख पर्शुराम खापुङबाट आजै पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नयाँ मन्त्रिपरिषद्मा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच समान भागबण्डा गरिएको छ । दुवै दलबाट ४–४ मन्त्री र १–१ राज्यमन्त्री सहभागी छन् ।
मन्त्रीहरूमा प्रदीपकुमार सुनुवार (भौतिक पूर्वाधार), भीम पराजुली (पर्यटन, वन तथा वातावरण), तिलचन पाठक (खानेपानी, सिँचाइ तथा ऊर्जा), इन्द्रमणि पराजुली (आन्तरिक मामिला तथा कानुन), विदुरकुमार लिङ्थेप (आर्थिक मामिला तथा योजना), रामप्रसाद महतो (सामाजिक विकास), मानबहादुर लिम्बू (स्वास्थ्य) र इसाइल मन्सुरी (उद्योग, कृषि तथा सहकारी) छन् ।
त्यसैगरी शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम विनाविभागीय राज्यमन्त्री नियुक्त भएका छन् ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया