कांग्रेसले सार्वजनिक गर्यो राष्ट्रियसभाका उम्मेदवारको नामावली
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले संसदीय समितिले सिफारिस गरेका उम्मेदवारलाई अनुमोदन गरेको हो । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार संसदीय समितिको बैठकले आजै उम्मेदवार मनोनयनको निर्णय गरेको थियो, जसलाई कार्यसम्पादन समितिले औपचारिक रूपमा स्वीकृति दिएको हो ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेसले प्रदेशगत रूपमा उम्मेदवार छनोट गरेको छ ।
कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य),मधेस प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रञ्जित कर्ण (अपाङ्गतारअल्पसङ्ख्यक),बागमती प्रदेशबाट गीता देवकोटा (महिला), गण्डकी प्रदेशबाट जगत् तिमिल्सिना (अन्य)लाई उम्मेदवार बनाएको छ ।
यसैगरी, लुम्बिनी प्रदेशबाट वासुदेव जङ्गली (अपाङ्गतारअल्पसङ्ख्यक) र चन्द्रबहादुर केसी (अन्य),कर्णाली प्रदेशबाट ललितजङ्ग शाही (अन्य) रसुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य)उम्मेदवार चयन भएका छन् ।
आजको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र महेन्द्र यादव, केन्द्रीय सदस्यहरू विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, पार्टी प्रवक्ता डा. प्रकाशशरण महत तथा लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले समसामयिक राजनीतिक विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया