बालेनको कोटामा परेका राजमी राम पनि समानुपातिक दौडबाट बाहिरिए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फको बन्दसूचीमा दलित समूहबाट समावेश भएका डा. राजमी रामले आफ्नो नाम स्वेच्छिक रूपमा फिर्ता लिने निर्णय गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै डा. रामले बन्दसूचीमा नाम समावेश हुनु व्यक्तिगत सम्मान मात्र नभई पुस्तौँदेखि आवाजविहीन बनाइएका दलित समुदायका हजारौँ सपनाको प्रतिनिधित्व भएको बताएका छन् ।
‘यो केवल मेरो नाम मात्र थिएन, दलित समुदायको सामूहिक आकांक्षा र पहिचान पनि थियो,’ उनले उल्लेख गरेका छन् ।
तर उनले राजनीतिलाई केवल अवसर प्राप्त गर्ने माध्यमका रूपमा नहेर्ने स्पष्ट पारेका छन् । उनका अनुसार राजनीति त्याग, नैतिक साहस र सही समयमा सही निर्णय गर्ने जिम्मेवारी हो । यही आत्ममूल्यांकनका आधारमा आफूभन्दा अझै बढी पीडित र कम सुनिएका आवाज संसदमा पुग्नुपर्छ भन्ने निष्कर्षमा पुगेको उनले बताएका छन् ।
‘यदि मेरो एक कदम पछाडि हटाइले अरूका लागि ढोका खुल्छ भने, त्यही नै मेरो सबैभन्दा अर्थपूर्ण योगदान हुनेछ,’ डा. रामको भनाइ छ । संसदको कुर्सीमा बसेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने मान्यतासँग आफू सहमत नरहेको उल्लेख गर्दै उनले सामाजिक चेतना, नागरिक आन्दोलन र वैचारिक संघर्षका विभिन्न मोर्चाबाट पनि न्यायको लडाइँ लड्न सकिने विश्वास व्यक्त गरेका छन् ।
डा. रामले दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने निर्णय गरेको स्पष्ट पारेका छन् । उनका अनुसार यो निर्णय पलायन होइन, जिम्मेवारीको नयाँ सुरुवात हो ।
उनले आगामी दिनमा फरक भूमिकामा रहेर पनि राजनीतिक चिन्तन, दलित अधिकार, अल्पसंख्यकको आवाज, सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र सुशासनका पक्षमा निरन्तर आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन् ।‘यो यात्रा यहीँ समाप्त भएको होइन, अझ जिम्मेवार रूपमा सुरु भएको मात्र हो,’ उनले उल्लेख गरेका छन् ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया