मन्त्री पदबाट बाहिरिएपछि कुलमान घिसिङ राजनीतिक मैदानमा
काठमाडौँ । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले पदमा रहँदा देश र जनतालाई केन्द्रमा राखेर इमान्दार प्रयासका साथ काम गरेको बताएका छन् ।
बुधबार साँझ राजीनामापछि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले छोटो समयमै भए पनि महत्वपूर्ण नीतिगत सुधारको बलियो आधार तयार भएको दाबी गरे । “सरकार कागजमै सीमित रहेन, मैदानमै देखियो,” उनले भने ।
राजीनामा जिम्मेवारीबाट पन्छिन नभई आत्मसम्मान, नैतिकता र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता भएको स्पष्ट पार्दै घिसिङले पदबाहिर रहेर पनि देशको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरे ।
उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको सहमतिमा आफ्नो नाम उल्लेख भए पनि त्यो औपचारिक रूपमा कार्यान्वयन नभएको उनको भनाइ छ । आफू कुनै पनि राजनीतिक दलको सदस्य नरहेको र राजीनामापछि आफ्ना मान्छे नियुक्त गर्न दबाब दिएको भन्ने आरोप भ्रामक रहेको घिसिङले स्पष्ट पारे ।
उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका घिसिङले आजदेखि आफ्नो सक्रिय राजनीतिक जीवन सुरु हुने घोषणा गर्दै मुलुकमा व्याप्त बेथितीविरुद्ध आवाज उठाउने बताए।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया