रास्वपा सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। बिहीबार बिहान राप्रपा अध्यक्ष लिङ्देन, रवि लामिछाने निवास पुगेर भेटवार्ता गरेका हुन्।
भेटमा पछिल्लो राजनीतिक अवस्था र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘चुनावबारे संवाद सुरु भएको’ संकेत गरेका छन्।
यसअघि अध्यक्ष लिङ्देनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए। राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा आयोजना गर्ने चियापान कार्यक्रममा निम्तो दिन विभिन्न दलका शीर्ष नेतासँग भेटघाट गरिरहेको जनाएको छ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया