सुमन सायमी नेकपामा प्रवेश, काठमाडौं–८ बाट चुनावी तयारी
काठमाडौँ । काठमाडौंका रैथाने समुदायमा परिचित नेता सुमन सायमी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित हुने भएका छन् । सायमीसहित केही नेताहरू नेकपामा प्रवेश गर्न लागेका हुन् । पार्टी एकताको औपचारिक कार्यक्रम भोलि भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा आयोजना गरिएको छ ।
उपाध्यक्ष सायमीले भने, “राष्ट्रिय मुक्ति पार्टी क्रान्तिका लागि तयार गरेको थिएँ। तर जेनजी आन्दोलनपछि राजनीतिक परिस्थितिमा धेरै परिवर्तन आएको छ। वैकल्पिक शक्ति एक ठाउँमा बस्न खोजेको हो, तर हामी हाम्रो विचारलाइनमा बस्न सकेनौँ।”
साथै उनले थपे, “हाम्रो माग, मुद्दा र विचार मिल्ने आधारमा नेकपा नै उपयुक्त देखियो। भोलि काठमाडौंमा हुने घोषणासभामा हामी ठूलो टिमसँगै प्रवेश गर्दैछौँ।”
सायमीलाई नेकपाले पोलिटब्युरो सदस्यको रूपमा भित्र्याउने तयारी गरेको पनि उनले जानकारी दिए।
नेकपाले मंगलबार २ हजार ४९९ केन्द्रीय कमिटी सदस्यलाई शपथ ग्रहण गराउने र बुधबार काठमाडौंमा समाहित समूहको लागि विशेष घोषणासभा आयोजना गर्ने जनाएको छ। आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै उनी नेकपाबाट काठमाडौं क्षेत्र नम्बर–८ मा उम्मेदवार बन्ने तयारीमा छन् । निर्वाचनको केही समयअघि पार्टी एकता गरेर चुनावी मैदानमा उत्रिने उनको रणनीति देखिन्छ ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया