सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
काठमाडौँ । गुल्मीका सागर ढकाल फेरि डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन्। २०७९ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका ढकाल यसपटक फागुन २१ गते हुने चुनावमा फेरि त्यही क्षेत्रबाट उठ्ने तयारीमा छन्।
ढकालले डडेल्धुराबाट लगातार चुनाव जितेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्ने योजना बनाएका हुन्। २०७९ मा ढकाल स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका थिए र देउवाले २५ हजार ५ सय ३४ मत पाए, भने ढकालले १३ हजार ४२ मत प्राप्त गरेका थिए।
त्यतिबेला धेरैले ढकालको चुनौतीलाई कम आँकेको भए पनि उनले देउवालाई टक्कर दिएका थिए। अहिले भने स्वतन्त्र उम्मेदवार सागर ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरिसकेका छन्।
डडेल्धुराका स्थानीयहरू सागर ढकाललाई आकांक्षी उम्मेदवारका रूपमा हेरेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार, ढकाल र देउवाबीचको प्रतिस्पर्धा यस क्षेत्रको निर्वाचनलाई अझ रोचक र प्रतिस्पर्धात्मक बनाउने छ।
ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेसँगै डडेल्धुरा निर्वाचन क्षेत्रमा मतदाता र राजनीतिक दलहरूबीच रणनीतिक गतिविधि सुरु भएको छ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया