डडेलधुरामा देउवायुगको अन्त्य, कांग्रेसमा ‘जेनेरेशन सिफ्ट’ सुरु
डडेलधुरा । डडेलधुराको राजनीतिमा आज एक ऐतिहासिक मोड आएको छ। ३४ वर्षदेखि निरन्तर संसदीय चुनाव जित्दै आएका नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको युग टुंगिएको छ। उनको स्थानमा कांग्रेसले युवा नेता नयनसिंह महरलाई अघि सारेको छ।
२०४८ सालदेखि डडेलधुराबाट अपराजित रहँदै आएका कांग्रेसका पूर्व सभापति तथा पाँच पटकका प्रधानमन्त्री शेरबहादुर देउवाको संसदीय यात्रा यहीँ टुंगिएको छ। डडेलधुरामा कांग्रेसको पहिचान बनेका देउवा यसपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्।
सोमबार बसेको कांग्रेस संसदीय बोर्डको बैठकले देउवाको स्थानमा नयनसिंह महरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
देउवाको सचिवालयका अनुसार उनी आगामी निर्वाचनमा उम्मेदवार नहुने स्पष्ट भइसकेको छ। डडेलधुरा देउवाका लागि केवल निर्वाचन क्षेत्र मात्र होइन, राजनीतिक पहिचान नै बनेको ठाउँ हो। २०४८ सालमा पहिलो पटक सांसद बनेका देउवाले त्यसयता भएका सात वटै निर्वाचनमा जित हासिल गरेका थिए।
पाँच पटक प्रधानमन्त्री बनेका देउवाको ३४ वर्ष लामो संसदीय यात्रामा अब पूर्णविराम लागेको छ। देउवाको स्थानमा अघि सारिएका नयनसिंह महर कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख हुन्। नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत रहेका महरलाई पार्टीभित्र युवापुस्ताको प्रतिनिधि नेताका रूपमा हेरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार पार्टीभित्र देखिएको शक्ति सन्तुलनको परिवर्तन, विशेष महाधिवेशनपछि उठेको ‘पुस्तान्तरण’ को बहस र युवा नेतृत्वप्रतिको आकर्षणले यो निर्णयमा भूमिका खेलेको छ।
डडेलधुराका मतदाताले कांग्रेसको यो नयाँ अनुहारलाई कत्तिको विश्वास गर्छन् । यसको उत्तर आगामी निर्वाचनले दिनेछ। तर यति भने निश्चित छ,डडेलधुरामा देउवायुग समाप्त भएको छ, र कांग्रेसको नयाँ अध्याय सुरु भएको छ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया