सुनसरी–१ बाट हर्कराज साम्पाङको मनोनयन दर्ता
धरान। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी–१ बाट मनोनयन दर्ता गरेका छन्।
मनोनयन दर्ताका लागि साम्पाङ समर्थकहरूसहित निर्वाचन आयोगको कार्यालय पुगेका थिए। यस क्रममा उनका समर्थकहरूले नाराबाजी गर्दै सहभागिता जनाएका थिए।
२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भएका साम्पाङ संघीय राजनीतिमा सक्रिय रूपमा प्रवेश गरेका हुन्।
मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब संघीय सरकारको नेतृत्व गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताए। उनले वैकल्पिक राजनीतिक धार निर्माण गर्ने र श्रम तथा संस्कृतिमा आधारित शासन प्रणाली स्थापना गर्ने दाबी गरे।
साम्पाङको उम्मेदवारीसँगै सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा थप चासोको विषय बनेको छ। स्थापित दल र वैकल्पिक राजनीतिक शक्तिबीच हुने प्रतिस्पर्धाले यस क्षेत्रको राजनीतिक समीकरणलाई नयाँ दिशातर्फ लैजाने अपेक्षा गरिएको छ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया