Techie IT
  • शुक्रबार, साउन १, २०८३ / Friday, July 17, 2026
गृहपृष्ठराजनीतिउपेन्द्र यादव सप्तरी–३ बाट चुनाव लड्ने

उपेन्द्र यादव सप्तरी–३ बाट चुनाव लड्ने


सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव आगामी प्रतिनिधिसभा निर्वाचनमा सप्तरी–३ बाट उम्मेदवार हुने भएका छन्।

जसपा नेपालको सोमबार राजविराजमा सम्पन्न बैठकले अध्यक्ष यादवलाई सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो। सो निर्णयबारे जानकारी दिँदै पार्टीको युवा, विद्यार्थी तथा खेलकुद विभागका प्रमुख तथा पूर्व मधेश प्रदेश सभा सदस्य विदेश्वर यादव (विक्की) ले बैठकले सर्वसम्मत निर्णय गरेको बताए।

यसअघि अध्यक्ष यादवले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी–२ बाट चुनाव लडेका थिए। तर सो निर्वाचनमा उनी जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए।

यस्तै बैठकले जसपा नेपालबाट सप्तरीका अन्य क्षेत्रका उम्मेदवारसमेत टुंग्याएको छ। पार्टीले सप्तरी–१ बाट श्याम सरदार, सप्तरी–२ बाट पूर्व मन्त्री उमेश यादव र सप्तरी–४ बाट डा. बबी सिंह यादव लाई उम्मेदवार बनाउने निर्णय गरेको नेता यादवले जानकारी दिए।

जसपा नेपालले यस निर्णयलाई मधेश केन्द्रित राजनीति थप सशक्त बनाउने रणनीतिक कदमका रूपमा व्याख्या गरेको छ।



तपाईको प्रतिक्रिया