कुलमान घिसिङको उम्मेदवारी काठमाडौं–३ मा दर्ता
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता प्रक्रिया भाँडिएपछि घिसिङ आफ्नै दलबाट उम्मेदवार बनेका हुन्। पछिल्लो समय प्रत्यक्ष राजनीतिमा सक्रिय हुँदै आएका घिसिङले केही दिनअघि मात्र मन्त्री पदबाट राजीनामा दिएका थिए।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रहँदा घिसिङले देशलाई १८ घण्टासम्मको लोडसेडिङबाट मुक्त गराएका थिए। त्यसकै कारण उनी जनस्तरमा ‘लोडसेडिङ अन्त्य गर्ने व्यक्ति’का रूपमा परिचित छन्। उनले दुई कार्यकाल प्राधिकरणको नेतृत्व गरे पनि दुवै पटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पदबाट हटाएको थियो।
लोडसेडिङ अन्त्यपछि उनी सरकारी कर्मचारीमै रहँदा पनि ‘सेलिब्रेटी’ बनेका थिए। अन्तिमपटक कार्यकारी निर्देशकबाट हटाइएपछि उनले उज्यालो नेपाल अभियान सुरु गरेका थिए, जुन पछि राजनीतिक दलका रूपमा दर्ता भयो।
त्यसपछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बने। साढे तीन महिना मन्त्री रहँदा उनले पूर्वाधार र ऊर्जा क्षेत्र सुधारमा सक्रिय भूमिका खेलेको दाबी गर्दै आएका छन्।
अब घिसिङ प्रत्यक्ष जनमतबाट संसद् पुग्ने प्रयासमा छन्। काठमाडौं–३ मा उनको उम्मेदवारीसँगै चुनावी प्रतिस्पर्धा थप चर्किने देखिएको छ। यस क्षेत्रमा यसअघि पनि प्रमुख दलहरूबीच कडा प्रतिस्पर्धा हुँदै आएको छ।
लोडसेडिङ अन्त्य गरेर जनविश्वास जितेका कुलमान घिसिङले त्यो विश्वासलाई मतमा रूपान्तरण गर्न सक्छन् कि सक्दैनन्, त्यो भने अब निर्वाचन परिणामले नै तय गर्नेछ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया