माधव नेपालको उम्मेदवारीविरुद्ध निर्वाचन आयोगमा उजुरी
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालको उम्मेदवारीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। रौतहट–१ बाट उम्मेदवारी दर्ता गरेका नेपालविरुद्ध सोही क्षेत्रका उम्मेदवार राम नरेश राय यादवले उम्मेदवारी खारेजको माग गर्दै उजुरी दिएका हुन्।
उजुरीमा पतञ्जलि जग्गा प्रकरणमा माधव नेपाल मुछिएको र उक्त मुद्दा हाल विचाराधीन अवस्थामा रहेको उल्लेख गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम नेपाल निलम्बनमा परेकाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार हुन अयोग्य रहेको दाबी उजुरीमा गरिएको छ।
उजुरीमा भनिएको छ, “अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम निज निलम्बन भएको तथा मुद्दा विचाराधीन अवस्थामा रहेकाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ अनुसार उहाँ उम्मेदवार हुन अयोग्य हुनुहुन्छ। त्यसैले उहाँको उम्मेदवारी खारेज गरी पाउन सादर अनुरोध छ।”
निर्वाचन आयोगले उजुरीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया