पुर्चौडीमा नेपाली कम्युनिष्ट पार्टी र कांग्रेसका नेता–कार्यकर्ता एमाले प्रवेश
बैतडी – नेकपा (एमाले) ले बैतडीको पुर्चौडीमा चुनावी सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ।
पुर्चौडीस्थित विशाल पार्कमा आयोजित कार्यक्रममा विभिन्न दल परित्याग गरी दर्जनौँ नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी सदस्यद्वय दल बहादुर धामी र दीपेन्द्र कुँवरको नेतृत्वमा तथा नेपाली कांग्रेसका प्रदेश कमिटी सदस्य जनक बिष्टको नेतृत्वमा उल्लेख्य संख्यामा नेता–कार्यकर्ता एमालेमा समाहित भएका हुन्।
पार्टी केन्द्रीय सदस्य गोविन्द गिरीका अनुसार कार्यक्रम उत्साहजनक सहभागितासहित सम्पन्न भएको थियो। नवप्रवेशीहरूलाई एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी इन्चार्ज, प्रतिनिधिसभा सदस्यका उम्मेदवार दामोदर भण्डारी, केन्द्रीय सदस्य लिलाधर भट्ट र गोविन्द गिरीलगायतका नेताहरूले खादा तथा अबिर लगाएर स्वागत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले नवप्रवेशीलाई पार्टीमा उचित जिम्मेवारी दिइने प्रतिबद्धता व्यक्त गरे।
पछिल्लो समय पुर्चौडीमा एमाले कमजोर भएको भन्ने टिप्पणी भइरहेका बेला यो प्रवेशले क्षेत्रमा एमालेको शक्ति बलियो भएको संकेत गरेको छ। यसका कारण आसन्न २१ फागुनको निर्वाचनमा एमालेलाई सहज हुने आकलन गरिएको छ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया