प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
काठमाडौँ, २ चैतः प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ (पब्लिक अनाउन्समेन्ट सिस्टम) को निरीक्षण गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज प्रधानमन्त्री कार्कीले सुशासन प्रवर्द्धनका लागि सुरु भएको सेवा प्रवाहको मोडेल ‘पास’ सहितको समग्र प्रणाली र कार्यालय व्यवस्थापनको निरीक्षण गर्नुभएको हो । निरीक्षणमा गृहमन्त्री ओमप्रकाश अर्याललगायत विशिष्ट पदाधिकारीहरू सहभागी हुनुहन्थ्यो । कार्यालयले सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र जनमैत्री बनाउन सार्वजनिक सम्बोधन÷घोषणा प्रणालीसहितको नयाँ सेवा मोडेल सुरु गरेको जनाएको छ । सो प्रणालीको अवलोकन तथा निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीसँगका अन्य सरकारी निकायमा उक्त प्रणाली विस्तार गर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिनुभयो । उक्त प्रणाली लागू भएको करिब तीन महिनाको अवधिमा सेवाग्राहीबाट कुनै गुनासो नआएको र सेवाग्राही सन्तुष्टि बढेको उहाँले बताउनुभयो । “सेवा प्रवाहलाई सुशासनमुखी, जवाफदेही र पारदर्शी बनाउन नयाँ मोडेल लागू गरिएको हो । जेनजी आन्दोलनपछि उठेका सुशासन र पारदर्शिताका आवाजलाई सम्बोधन गर्ने उद्देश्यले यो प्रणाली विकास गरिएको हो । यसबाट बिचौलियाको भूमिकालाई कम गर्न मद्दत पुगेको छ”, उहाँले भन्नुभयोे, “कार्यालयको भुइँतलादेखि प्रत्येक तलासम्म ‘स्पिकर’ जडान गरी सेवाग्राहीलाई आवश्यक सूचना, निर्देशन तथा सेवासम्बन्धी जानकारी दिने व्यवस्था मिलाइएको छ । डिजिटल प्रविधिको प्रयोग गरिएको छ ।” नागरिकता तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी केन्द्रीय डाटाबेस सर्भरमा देखिने समस्याका कारण सेवाग्राहीलाई केही ढिलाइ हुने गरेको भन्दै प्रजिअ पौडेलले गृह मन्त्रालयलाई समन्वय गरिएको बताउनुभयो । कार्यालयमा बिहान ९ः४५ बजे सेवा सुरु हुनुअघि स्वचालित रूपमा आवाजमार्फत सन्देश प्रसारण गर्ने व्यवस्था गरिएको छ । त्यसपछि राष्ट्रिय गान बजाएर मात्र सेवा सुरु गर्ने अभ्याससमेत गरिएको छ । दिउँसो खाजा समयअघि सेवाग्राहीलाई जानकारी दिन १०–१० मिनेटको अन्तरालमा सूचना सन्देश प्रसारण गर्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया