Techie IT
  • बुधबार, वैशाख ९, २०८३ / Wednesday, April 22, 2026
गृहपृष्ठराजनीतिप्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा


काठमाडौँ ६ चैतः शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । क्यान्द्वारा आज जारी प्रेस विज्ञप्तीमा सम्पूर्ण तयारी पूरा भएको जनाइएको हो । क्यानका अनुसार प्रतियोगिताको विजेता टोलिले रु १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता हुने टोलीले रु पाँच लाख पाउनेछन् । काठमाडौँस्थित मूलपानी क्रिकेट मैदानबाट सुरु हुने उक्त प्रतियोगिताका खेलहरू पर्सा र जनकपुरमा समेत सञ्चालन हुनेछन् ।



तपाईको प्रतिक्रिया