नवनियुक्त प्रधानमन्त्री शाहलाई कांग्रेसको बधाई
काठमाडौँ, १३ चैत : नेपाली कांग्रेसले नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह सहित मन्त्रिपरिषद्का सदस्यलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाले शुभकामना सन्देशमार्फत नवनियुक्त प्रधानमन्त्री शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनका लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा कांग्रेसको रचनात्मक सहयोग र साथ रहने सभापति थापाले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
यसैगरी, कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रास्वपाका वरिष्ठ नेता शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया