सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण
काठमाडौँ, १३ चैत ः नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि आजै मन्त्री रावलले सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
सामान्य प्रशासन मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै मन्त्री रावलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएको छ । मन्त्री रावलले जनताले प्रत्यक्ष महसुस गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने भएकाले भूमिसम्बन्धी समस्यासँग परिचित रहेको उल्लेख गर्दै उहाँले सहकारी क्षेत्रका चुनौतीबारे पनि जानकार रहेको बताउनुभयो ।
“समस्याग्रस्त सहकारीका विषयमा पनि म जानकार छु”, मन्त्री रावलले भन्नुभयो, “समस्या समाधानका लागि के गर्न सकिन्छ र कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा सबैसँग सहकार्य गरेर अगाडि बढ्छौँ ।
प्रत्यक्ष जनतासँग जोडिएका काम भएकाले जनताले महसुस गर्नेगरी काम गर्नुपर्छ ।
पदभार ग्रहणपछि मन्त्रालयका सचिव मदन भुजेलले समस्याग्रस्त सहकारी, बचत फिर्तासम्बन्धी जटिलता तथा सहकारी पीडितका नाममा बनेका विभिन्न दबाब समूहबारे मन्त्री रावललाई ‘ब्रिफिङ’ गर्नुभएको थियो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया