Techie IT
  • सोमबार, भदौ १५, २०८३ / Monday, August 31, 2026
गृहपृष्ठराजनीतिरास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत

रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत


सिमकोट, (हुम्ला), २४ जेठः राष्ट्रिय स्वतन्त्र पार्टीकोे पहिलो जिल्ला भेलाले लक्ष्मण ऐडीको नेतृत्वमा सर्वसम्मतिमा नौ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । उहाँ यसअघि उपसभापति हुनुहुन्थ्यो । भेलाले उपसभापतिमा रिन्जेन लामा, सचिवमा मनोज बोहोरा, सहसचिवमा तीर्थराज बुढा र कोषाध्यक्षमा कमन शाहीलाई चयन गरेको हो ।

भेलाले सदस्यमा नरेन्द्र बुढा, सुरेश बुढा, बाँचे बुढा र अस्मिता बुढालाई चयन गरेको छ ।समितिलाई भेलाले चयन गरेको हो । यसैबीच, सभापति चयन भएपछि ऐडीले देश र जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।



तपाईको प्रतिक्रिया