नवनियुक्त प्रधानमन्त्री शाहको पुर्ख्यौली गाउँमा उत्सव
जलेश्वर (महोत्तरी), १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुर्ख्यौली गाउँमा आज उत्सव मनाइएको छ । महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित पुर्ख्यौली गाउँ एकडारामा गाउँवासीले उत्सव मनाइएको हो । एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले शाह देशकै प्रमुख कार्यकारी पद (प्रधानमन्त्री) मा नियुक्त हुँदा जिल्लामै खुसीयाली मनाइएको बताउनुभयो ।
“एकडारा–१ मात्र होइन् जिल्लावासीले नै खुसियाली साटासाट गर्दै उत्सव मनाइरहेका छन्”, उहाँले भन्नुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई आज प्रधानमन्त्रीमा नियुक्त गर्नुभएसँगै एकडारावासी एकापसमा रङ, अबिर दलेर, फूलमाला लगाएर, एकापसमा अँगालो मारेर र शुभकामना तथा बधाई आदानप्रदान गरिरहेका एकडारा–१ का वडाध्यक्ष मनोज मण्डलले बताउनुभयो ।
वडाध्यक्ष मण्डलका अनुसार एकडाराको नाम इतिहासमा दर्ज भएको भन्दै पुख्र्यौली गाउँमा उत्सव मनाइएको छ । “आज एकडारावासी घरघरमा मीठो पकवान पकाएर खाने, खुवाउने गर्दैछन्, एकडारा गाउँभरि र बटुवालाई विभिन्न लड्डु, पेडा तथा मिठाइ बाँड्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री शाहको घर एकडारा–१ मा पर्छ । उक्त घरमा हाल एकडारा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ । आज साँझ एकडाराको घरघरमा दीपावली मनाउने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष मण्डलले बताउनुभयो ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया