फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत
विश्वकपमा दक्षिण कोरियाले आफ्नो अभियानको शानदार सुरुआत गर्दै चेक गणतन्त्रलाई २–१ ले पराजित गरेको छ । अन्तिम १० मिनेटमा निर्णायक गोल गर्दै कोरियाले कठिन प्रतिस्पर्धामा महत्त्वपूर्ण तीन अङ्क जोडेको हो । खेलको अधिकांश समय चेक गणतन्त्र दबाबमा रहेको देखिए पनि अन्तिम क्षणसम्म खेल अनिश्चित बनेको थियो ।
८० औँ मिनेटसम्म चेकले खेल आफ्नो पक्षमा मोड्ने सङ्केत दिएको थियो, तर प्रतिस्थापन खेलाडी ओह ह्योन–ग्यूले निर्णायक गोल गर्दै कोरियालाई जित दिलाउनुभयो । दक्षिण कोरियाले खेलको सुरुआतदेखि नै प्रभुत्व जमाएको थियो । स्टार खेलाडी सोन ह्युङ–मिनको नेतृत्वमा कोरियाली टोलीले पहिलो हाफमा लगातार आक्रमण गरे पनि गोल गर्न सकेको थिएन ।
उहाँले गरेको एक शक्तिशाली प्रहार बारमा लागेर फर्किएको थियो भने अर्को प्रयास थोरै फरक दिशामा गएको थियो । दोस्रो हाफमा चेक गणतन्त्रले अग्रता लिएको थियो । लाडिस्लाव क्रेज्चीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाउनुभएको थियो, जसपछि खेलमा तनाव थपिएको थियो । तर कोरियाले दबाब बढाउँदै पुनरागमन गर्यो ।
ह्वाङ इन–बिओमले ६७ औँ मिनेटमा सुन्दर प्रहार गर्दै बराबरी गोल गर्नुभयो, जसले कोरियाली समर्थकमा उत्साह भरेको थियो । त्यसपछि चेक रक्षापङ्क्तिको कमजोरीको फाइदा उठाउँदै ह्वाङले नै निर्णायक पास उपलब्ध गराउनुभयो, जसलाई ओह ह्योन–ग्यूले दायाँतर्फबाट आएको बललाई सहजै गोलमा परिणत गर्नुभयो । खेलको अन्त्यतिर तनावपूर्ण अवस्था सिर्जना भए पनि दक्षिण कोरियाले अग्रता जोगाउँदै जित सुनिश्चित गर्यो ।
अन्तिम सिटी बज्नेबित्तिकै कप्तान सोन ह्युङ–मिनले मैदानमै खुसी व्यक्त गर्नुभयो । यस जितसँगै दक्षिण कोरियाले आफ्नो अर्को खेल सह–आयोजक मेक्सिकोसँग खेल्नेछ । मेक्सिकोले यसअघि दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको थियो । चेक गणतन्त्रले भने आफ्नो अर्को खेलमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।
ताजा अपडेट
- प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्
- सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन
- बाढी प्रभावित क्षेत्रमा सल्यानका ६० जना, ५५ अझै सम्पर्क विहीन
- भारतमा भेटिए सात शव, रसुवा बाढीले बगाएको हुन सक्ने
- बाढीको जोखिम बढेपछि चीनले स्थगित गर्यो उद्धार अभियान
- रसुवा बाढी : ७ बैंकका २७ कर्मचारी सम्पर्कविहीन
- नेपालका बाढीपीडितको सम्झनामा बार्सिलोनाका खेलाडीको मौनधारण
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया