काठमाडौँ, २८ असार:स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आज भएको खेलमा स्विट्जरल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेल र लाउटारो मार्टिनेजले आफ्नो टोलीलाई एकएक गोलको योगदानबाट सेमिफाइनमा पुर्याएका हुन् । खेलको १०औँ मिनेटमा एलिस्टरले हेड गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६७औँ मिनेटमा स्विटजरल्यान्डका डान एनडोयेले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याएका थिए । खेलको ७२औं मिनेटदेखि स्विट्जरल्यान्ड १० खेलाडीमा सिमित भयोे ।
ब्रेल एम्बोलोले दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सिमित बनेको हो । खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीको समान गोल भएपछि खेल अतिरिक्त समयमा धकेलियो । खेलको ११२ औ मिनेटमा अल्भारेलले गोल गर्दै अर्जेन्टिनाको अग्रता कायम गरे ।
त्यसपछिको अतिरिक्त समयमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई विजयी बनाए । अब अर्जेन्टिना फाइनल प्रवेशका लागि इङल्यान्डसँग खेल्नेछ ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया