ब्याज मिनाहा गर्न मुख्यमन्त्री बानियाँद्वारा माग
बागमती, २१ चैतः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडामा सडक विस्तारका क्रममा संरचना भत्काउँदा पीडित भएका व्यवसायीलाई सुविधा दिनु आग्रह गर्नुभएको छ ।
मकवानपुर उद्योग वाणिज्य सङ्घको ५९औँ वार्षिकोत्सवको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै उहाँले हेटौँडामा सडक विस्तारका लागि संरचना भत्काउँदा पीडित व्यापारी भएका व्यापारीको बैङ्कको ब्याज मिनाहा गर्न सङ्घीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
व्यापारीहरुले प्रदेश सरकारलाई बुझाउँदै आएको करमा सहजीकरण गर्न सरकार तयार रहेको बताउनुहुँदै मुख्यमन्त्री बानियाँले पीडित व्यवसायीहरुलाई सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
व्यापारमा इमानदारिता, काँधमा जिम्मेवारी र मस्तिष्कमा समझदारी आवश्यक रहेको बताउनुहुँदै मुख्यमन्त्री बानियाँले व्यापारमा बेइमानी भए राज्यले अङ्कुश लगाउन सक्ने अवस्था आउन सक्ने बताउनुभयो ।
हेटौँडा बजारमा कम क्षति हुने गरी मुख्य सडक विस्तार गर्नुपर्ने जोड दिनुहुँदै उहाँले लच्का पुलदेखि राप्ती पुलसम्म बाइपास बनाउन सङ्घीय सरकारले निर्णय गरे प्रदेश सरकारले आवश्यक बजेट छुट्याउन तयार रहेको बताउनुभयो ।
ताजा अपडेट
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
- साढे ३०० बालबालिका छैनन् सम्पर्कमा, ५० बढी आमा-बुबाविहीन
- यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया