साढे ३०० बालबालिका छैनन् सम्पर्कमा, ५० बढी आमा-बुबाविहीन
१५ भदौ, रसुवा (उत्तरगया) । केही बालबालिका टोलाएर बसेका छन् । केही रोइरहेका छन् । कोही खाना खाँदै छन् । कोही खेल्दै । रसुवाको उत्तरगया गाउँपालिकाको शिवालय आधारभूत विद्यालय परिसरमा आइतबार दिउँसो अनलाइनखबरको टोली पुग्दा भोटेकोशी बाढीले पुगेको मानवीय क्षतिको सहजै अनुमान लगाउन सकिन्थ्यो बाढीबाट ज्यान जोगाएका अगुवा, नागरिक समाज, शिक्षक लगायतको समूह ती बालबालिकाको व्यवस्थापनमा खटिएका थिए ।
जहाँ एक सय जति विद्यार्थी बसिरहेका छन् ।विद्यालयमा कोही आएको चाल पाउनासाथ बालबालिकाहरू झुम्मिन्छन् । सायद उनीहरूलाई हराइरहेका आफ्ना आमा-बुबा आएको आश हुनुपर्छ । दिनहरू बित्दैछन् । तर पनि उनीहरूमा आशा हराइसकेको छैन ।त्यही भिडमा थिइन्, ९ वर्षीया भुजना तामाङ । भुजना कक्षा ३ मा पढ्छिन् ।
बाढी आउनुअघिसम्म उनी परिवारसँग खेल्ने, रमाउने गरिरहेकी थिइन् । तर अहिले उनको बाल्यकालमाथि बाढीको त्रासदी आइपरेको छ । बाढी आएको दिन पनि उनी अरू दिनजस्तै विद्यालयको ड्रेस लगाएर घरबाट निस्किएकी थिइन् । विद्यालयको बस उनलाई लिन आउँदै थियो । तर त्यस दिन स्कुल पुग्ने बाटोभन्दा अगाडि नै उनको जीवनको बाटो फेरियो । उनको घर उत्तरगया गाउँपालिका-५ खाल्टेमा पर्छ । भुजनाका बुबा नजिकैको हाइड्रोपावरमा काम गर्थे । आमा खेतीपातीको काम गर्थिन् । घरमा पाँच वर्षका भाइ र १६ वर्षकी दिदी पनि थिए । बाढी आएपछि उनीहरू सबै सम्पर्कविहीन छन् ।
“साभार : अनलाइनखबर”
ताजा अपडेट
- साढे ३०० बालबालिका छैनन् सम्पर्कमा, ५० बढी आमा-बुबाविहीन
- यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्
- सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन
- बाढी प्रभावित क्षेत्रमा सल्यानका ६० जना, ५५ अझै सम्पर्क विहीन
- भारतमा भेटिए सात शव, रसुवा बाढीले बगाएको हुन सक्ने
- बाढीको जोखिम बढेपछि चीनले स्थगित गर्यो उद्धार अभियान
- रसुवा बाढी : ७ बैंकका २७ कर्मचारी सम्पर्कविहीन
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया