Techie IT
  • आईतबार, फागुन १७, २०८२ / Monday, March 2, 2026
गृहपृष्ठसमाचारकोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय

कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय


काठमाडौं । सरकारले दक्षिण कोरिया जान रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहे पनि विभिन्न कारणले हालसम्म रोजगारीको अवसर नपाएका व्यक्तिको पक्षमा तीन वटा निर्णय गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ईपीएस प्रणालीअन्तर्गत कोरिया जान तयार गरिएको रोस्टरको हालको सीमित अवधिका कारण परीक्षा पास गरेका तर रोजगारी प्राप्त गर्न नसकेका उम्मेदवार अवसरबाट वञ्चित भएको ठहर गर्दै रोस्टरको मान्य अवधि थप गर्न कोरिया सरकारसमक्ष कूटनीतिक पहल गर्ने निर्णय गरेको हो।

त्यसैगरी, ईपीएस प्रणालीमार्फत कोरिया जाने नेपाली कामदारको कोटा वृद्धि गर्ने विषयमा आवश्यक कूटनीतिक पहल गर्ने तथा रोस्टरमा रहेका व्यक्तिका व्यक्तिगत विवरण रोजगारदातासमक्ष पठाउने प्रक्रिया लगायतका विषयमा पारदर्शिता र निष्पक्षता कायम गर्न सुझावसहित सिफारिस गर्ने कार्यदल गठन गर्ने निर्णयसमेत गरिएको छ।

श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार यी निर्णयहरू यही पुस १८ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार कार्यान्वयनमा लैजान पहल भइरहेको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट