उदयपुर (गाईघाट), ६ चैतः उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । निर्माणाधीन पक्की पुल बाढीले भत्काएपछि सोही स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको हो । चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाका अनुसार २८० मिटर लम्बाइ र पाँच मिटर चौडाइ भएको सो पुल निर्माण गर्न करिब रु ६० लाख खर्च भएको छ । सो स्थानमा पक्की पुल निर्माण नहुँदा चौदण्डीगढी नगरपालिकाका त्रियुगा नदी पारीका वडा नं १०, ५ र ९ का बासिन्दालाई कठिनाइ भएको थियो । वर्खामा डुङ्गाको प्रयोग गरेर नदी तर्नुपर्ने बाध्यता थियो । झोलङ्गे पुल निर्माण भएपछि उक्त क्षेत्रका झण्डै पाँच हजार बासिन्दालाई बेल्टार बजार आवतजावत गर्न सहज भएको नगरपालिकाकी उपप्रमुख मणिकादेवी दुलालले बताउनुभयो । त्रियुगा नदीस्थित बेलहीमा २०६७ सालमा नै पक्की पुल निर्माण थालिएको थियो । यसका लागि रु ११ करोड २७ लाख विनियोजन गरिएको थियो । विसं २०७८ मा त्रियुगाको बाढीले पक्की पुलको तीन पिलर र स्ल्याब भत्काएको थियो । “पक्की पुल पुनःनिर्माणका लागि अनुरोध गरे पनि सुनुवाइ भएन, स्थानीयको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरेका हौँ”, उपप्रमुख दुलालले भन्नुभयो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया