बनियानी (झापा), ६ चैतः अघिल्लो वर्ष किसानलाई यतिबेला चैतेको रोपाइँ गर्न भ्याइनभ्याइ थियो । तर, यो पटक गत वर्षको जस्तो उत्साह र जाँगर किसानमा छैन । कारण हो, मूल्य दुई वर्षअघि किसानले बर्खे र चैते दुवै धानको मूल्य राम्रो पाएका थिए । सरकारलेसमेत बेलैमा चैते धानको मूल्य तोक्दा किसानमा उत्साह थपिएको थियो । बजार भाउ पनि राम्रै मिलेको थियो । तर, पछिल्लो पटकको चैते धान र बर्खे धानले अघिल्लो वर्षको जस्तो मूल्य पाएन । गतवर्ष किसानले चैते धानको मूल्य प्रतिमन रू ६ सय देखि रु ७ सय पाएका थिए भने बर्खे धान रू एक हजार २०० देखि रु एक हजार ३०० सम्म पाएका थिए । गत वर्षको तुलनामा यो वर्ष करिब १५ देखि २० प्रतिशत चैते धानको क्षेत्रफल घट्ने कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट बताउनुहुन्छ । “गत वर्ष किसानले चैते धानको मूल्य नै पाएनन्”, उहाँले भन्नुभयो, “किसानलाई लागत उठाउन पनि मुस्किल पर्यो ।” मूल्य नपाएकै कारण यो वर्ष झापा जिल्लामा चैते धानखेतीको क्षेत्रफल घट्ने प्रमुख विष्ट बताउनुहुन्छ । “तीन हजारदेखि चार हजार हेक्टरसम्म चैते धानखेती घट्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो । आव २०८१÷८२ मा सरकारले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको सर्मथन मूल्य न्यूनतम् प्रतिक्विन्टल रू दुई हजार ८६९ निर्धारण गरेको थियो । तर, किसानले मुस्किलले प्रतिक्विन्टल रू एक हजार पाँच सयदेखि रु एक हजार ७५० सम्म मात्र पाएका थिए । सरकारले आव २०८०÷८१ को तुलनमा आव २०८१÷८२ मा चैते धानको मूल्य प्रतिक्विन्टल रू ९३.४१ बढायो । तर, किसानले पुरानै मूल्य पनि पाएनन् । चालु आर्थिक वर्षका लागिसमेत सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य बढायो । मन्त्रिपरिषद्को बैठकले मोटा धानको मूल्य प्रतिक्विन्टल रू तीन हजार ४६३.८१ तोक्यो भने मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रू तीन हजार ६२८.३३ तोक्यो । अघिल्लो वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य रू तीन हजार ४१० थियो भने वर्ष मध्यम धानको न्यूनतम मूल्य रू तीन हजार ५८० तोकिएको थियो । तर, किसानले बढेको त परै जाओस् पुरानै मूल्य पनि पाएनन् । बर्सेनि सरकार मूल्य बढाउँदै जाने र किसानले मूल्य नपाउने शृङ्खला चलिरहेको छ । मिल उद्योगी र व्यवसायीले नै किसानलाई आफूखुसी धानको मूल्य दिने गरेका छन् । मिल उद्योगीको गुनासो बेग्लै छ । उनीहरुले उद्योग नै सङ्कटमा परेको गुनासो गर्छन् गरिरहेका छन् । आव २०८०÷८१ मा चैते धानको किसानले उचित मूल्य पाएका थिए । उक्त आवमा १९ हजार ८५० हेक्टरमा एक लाख चार हजार १४ मेट्रिकटन चैते धान उत्पादन भएको थियो । मूल्य राम्रो पाएपछि आव २०८१÷८२ मा चैते धानखेतीको क्षेत्रफल एक सय हेक्टर बढेर १९ हजार ९५० हेक्टर पुगेको थियो भने एक लाख छ हजार १३४ मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले जानकारी दिनुभयो । प्रविधि सिकाउँदै ज्ञान केन्द्र किसानको लागत खर्च घटाउन र उत्पादन बढाउन कृषि ज्ञान केन्द्रले विभिन्न कार्यक्रम गर्दै आएको छ । विगतमा झैँ यस वर्षसमेत शिवसताक्षी र गौरादहको २४ बिघामा नमूना धानखेती गरिएको प्रमुख विष्टले बताउनुभयो । धान रोप्ने मेसिनको प्रयोग गरेर यी दुई स्थानमा नमूनाखेती गरिएको उहाँले बताउनुभयो । “किसानलाई कृषि प्रविधि सिकाउने र त्यसमा अभ्यस्त बनाउने काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “जसले किसानको लागत घटाउनुका साथै कृषि क्षेत्रमा आकर्षित गर्ने विश्वास छ ।”
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया