कर्णाली, २६ चैत : जुम्लाबाट सुर्खेत आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परी गम्भीर घाइते भएका दुई बिरामीलाई थप उपचारका लागि सुर्खेत ल्याइएको छ । हिमा गाउँपालिका–६ जुम्ला पातरखोलाका बिरामी ७१ वर्षीय कलबहादुर अधिकारी र वडा नं ७ मर्चीगाउँ निवासी २० वर्षीय लोकेन्द्र शाहीलाई कालीकोट अस्पतालबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको हो ।
खाँडाचक्र नगरपालिका–२ कालीकोट मान्मस्थित मेयरखोला नजिक बिरामी बोकेर जुम्लादेखि सुर्खेत आउँदै गरेको कप्र०१००१झ ००२४ नम्बरको एम्बुलेन्स बुधबार राति ८ः१० बजे दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए । घाइतेमध्ये अधिकारीको खुट्टाको तिघ्रा नजिक दुई ठाउँमा हड्डी भाँचिएकाले आइसीयूमा राखेर उपचार भइरहेको र काठमाडौँ पठाउने तयारी गरिएको प्रदेश अस्पतालका सूचना अधिकारी अनिता ज्ञावलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अर्का घाइते शाहीको अवस्था सामान्य छ । दुवैको उपचार खर्च प्रदेश अस्पतालले नै व्यहोर्ने सूचना अधिकारी ज्ञावलीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीका अनुसार दुर्घटनाका कारण एम्बुलेन्समा सवार बिरामी अधिकारीका छोरा ३२ वर्षीय भीमबहादुर अधिकारी र वडा नं ७ निवासी एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाहीको मृत्यु भएको थियो । भीमबहादुर बुबा कलबहादुरको उपचारका लागि एम्बुलेन्सको व्यवस्थापन गरेर सुर्खेत हिँडेका थिए ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया