काठमाडौँ, २४ वैशाखः सङ्घीय संसद्का सदस्यहरुले प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकको विद्युतीय हाजिरी प्रयोजनका लागि धमाधम बायोमेट्रिक (जैविक) विवरण दिन थाल्नुभएको छ ।
दुवै सभाका बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखमा राख्न जैविक विवरण प्रदान गर्नसंसद् सचिवालले सांसदहरुलाई अनुरोध गरेको थियो ।
सचिवालयले आजदेखि यही वैशाख २८ गतेसम्म सांसदहरुलाई सिंहदरबारस्थित विभिन्न समितिको कार्यालयमा उपस्थित भई जैविक विवरण प्रदान गर्न आग्रह गरेको छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विगतमा नयाँ बनेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा प्रबन्ध गरिएको हाजिरी जेनजी आन्दोलनमा नष्ट भएकाले पुनः विवरण दिन सांसदहरुलाई अनुरोध गरिएको बताउनुभयो ।
उहाँले पहिलो चरणमा सभाका बैठकहरुका लागि विद्युतीय हाजिरीबाट अभिलेख गरिने र क्रमशः समितिका बैठकहरुको विद्युतीय हाजिरी व्यवस्थापन गरिने जानकारी दिनुभयो । यही वैशाख २८ गते अपराह्न २ः०० बजेदेखि दुवै सदनका बैठक हुँदैछन् ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया