Techie IT
  • मंगलबार, साउन ५, २०८३ / Tuesday, July 21, 2026
गृहपृष्ठसमाचारउच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन


विराटनगर, ५ साउन : गत आर्थिक वर्ष ०८२/८३ मा उच्च अदालत विराटनगरले चार हजार ९९ थान मुद्दा फैसला गरेको छ । अदालतद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सात हजार १५७ मुद्दा दर्ता भएकामा अझै तीन हजार ५८ थान नियमित र १८ महिना नाघेका ८७ थान मुद्दा फैसला गर्न बाँकी रहेको जनाएको छ ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा धेरै मुद्दा मिसिल जलेका कारण मुद्दा फैसला गर्न ढिलाइ भएको जानकारी दिनुभयो ।

उच्च अदालत विराटनगरले फैसलाको विवरण, व्यवस्थापकीय सुधार र अन्य कार्यक्रमबारे जानकारी गराइएको थियो । चालु अवस्थामा रहेका मुद्दामध्ये ४७ मुद्दाका मिसिल प्राप्त गर्न नसकेको तथा करिब ७० हजार मुद्दाका अभिलेख जलेकोमा एक हजार छ सय मुद्दा पुनः मिसिल खडा गरिएको छ ।



तपाईको प्रतिक्रिया