बंगलादेशले भन्यो– नेपाललाई सहयोग गर्न तयार छौं
११ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ। टेलिफोन वार्ताका क्रममा बंगलादेशका परराष्ट्रमन्त्री डा. रहमानले नेपाललाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।
दुई मन्त्रीबीच नेपालमा बुधबार भएको विपद्पछि जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाललाई आवश्यक सहयोग गर्ने प्रस्ताव गरेकोमा बंगलादेश सरकारप्रति धन्यवाद व्यक्त गरे ।
मन्त्री खनालले आवश्यक पर्ने सहयोगका विषयमा नेपालले बंगलादेशसँग छिटै समन्वय कायम राख्ने बताएका छन् ।नेपालमा बुधबार भएको विपद्का कारण प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला दुई देशका परराष्ट्रमन्त्रीबीच उक्त टेलिफोन वार्ता भएको हो ।
साभार : अनलाइनखबर
ताजा अपडेट
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
- साढे ३०० बालबालिका छैनन् सम्पर्कमा, ५० बढी आमा-बुबाविहीन
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया