Techie IT
  • सोमबार, भदौ १५, २०८३ / Monday, August 31, 2026
गृहपृष्ठसमाचारबाढी प्रभावित विदुरबाट फर्के प्रधानमन्त्री बालेन, भौतिकमन्त्री लम्साल नुवाकोटमै

बाढी प्रभावित विदुरबाट फर्के प्रधानमन्त्री बालेन, भौतिकमन्त्री लम्साल नुवाकोटमै


११ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाह नुवाकोट सदरमुकाम विदुर र आसपासको क्षेत्र निरीक्षण गरी काठमाडौं फर्केका छन् । भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साल र उनको टिम त्यहाँस्थित सेनाको ब्यारेकमा पुगेको छ ।

सरकारी स्रोतका अनुसार बिहीबार प्रधानमन्त्री नुवाकोट आउने कार्यक्रम बनेको थिएन । तर अन्तिम समयमा प्रधानमन्त्री बालेन स्वयंले नुवाकोट गएर बाढी प्रभावितको हालचाल बुझ्ने विचार गरेका थिए। त्यसपछि उनको भ्रमण तय भएको थियो ।

नुवाकोट पुगेर उनले विभिन्न क्षेत्रका बाढीपीडित, स्थानीय र घाइतेहरुलाई भेटेका छन् ।

उनी काठमाडौं फर्के पनि भौतिकमन्त्री लम्साल नुवाकोटमै छन् । नेपाली सेनाले उद्धार र खोजबिनमा भइरहेको प्रगतिबारे मन्त्री लम्साललाई अवगत गराएको छ । शीघ्र प्रतिकार्य र उद्धारका लागि थप कोसिस गर्न मन्त्री लम्सालले निर्देशन दिएका छन् ।त्यस्तै सञ्चारमन्त्री विक्रम तिमिल्सिना हिजो बुधबार दिउँसोदेखि नै नुवाकोटका विभिन्न क्षेत्रमा निरीक्षणमा छन्।

 

साभार : अनलाइनखबर



तपाईको प्रतिक्रिया