Techie IT
  • बुधबार, भदौ १७, २०८३ / Wednesday, September 2, 2026
गृहपृष्ठराजनीतिप्रचण्डको प्रश्न : प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ यो के तरिका हो

प्रचण्डको प्रश्न : प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ यो के तरिका हो


१७ भदौ, काठमाडौं । प्रतिपक्षी दल नेकपाका संयोजक तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। बुधबारको प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले संसद्‌का सबै सांसदहरूको विश्वास लिन नसकेको भन्दै आपत्ति जनाएका हुन्।

‘सरकारको मुख्य नेतृत्व आज आउनु भयो केही ब्रिफिङ गर्नुभयो यस अर्थमा धन्यवाद भन्छु। तर अरुलाई पनि विश्वासमा लिनुपर्थ्यो। संसद्‌लाई विश्वासमा लिनु भनेको खाली प्रतिप्रक्षीलाई मात्रै होइन। कार्यशैलीले के देखाउँछ भने आफ्नै सांसदलाई पनि विश्वासमा लिने मेहेनत गरेको मैले चाहिँ देख्दिनँ,’ उनले भने, ‘उहाँ आउनुहुन्छ कसैको अनुहार नहेरि जानुहुन्छ यो के तरिका हो ? यस्तो हुँदैन। प्रधानमन्त्री त हामी सबैको हो। जतिबेला हामी सबैले सहयोग गर्छौं भनिरहेका छौं । भन्दा भन्दै कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका उनले प्रधानमन्त्री बालेन शाहलाई ठूलो अवसर प्राप्त भएको र यसलाई गुमाउन नहुने पनि बताए।

‘अहिलेको तरिकाले चाहिँ हुँदैन जस्तो लाग्छ। उहाँलाई अवसर प्राप्त छ। गुम्न दिनुहुँदैन । राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभवसहित के भन्छु भने- यस्तो बेलामा गर्नुपर्ने संकल्प भनेको- धेरै लामो भाषण होइन ‍नेतृत्व खोजेको छ देशले। जनताले आश्वासन खोजेका छैनन्। हरेक ठाउँमा सरकारको उपस्थित खोजेका छन्,’ उनले थपे, ‘सोसल मिडियामा पोस्ट हैन । सोसल मिडियामा पोस्ट गरेर तपाईंहरूले चुनाव त जित्नुभयो तर यो संकट समाधान हुँदैन ।

साभार : अनलाइनखबर



तपाईको प्रतिक्रिया