गर्भवती सिर्जना : बाढीले घर गुमाइन्, स्कुलको चिसो कोठामा बस्छिन्
सिर्जनाको नियमित स्वास्थ्य परीक्षण गर्ने समय भएको छ । तर बाढीले विस्थापित भएपछि अस्पताल जान पाएकी छैनन् । उनको बास अहिले नुवाकोट विदुर नगरपालिका–८ भैरुम माध्यमिक विद्यालयको कोठामा छ । जहाँ बाढीबाट विस्थापित भएकालाई राखिएको छ ।विद्यालयको कोठाकोठामा बाढीबाट विस्थापितहरू छन् । कोठामा नअटेकाहरू विद्यालयको बाहिर छिँडीमा समेत आश्रय लिएर बसेका छन् ।
‘त्रिशूली बजारमा घर थियो, बाढीले बगायो । घरमा केही बाँकी छैन । चिसो कक्षा कोठामा बसेको छु । कोठाको चिसोले पेटको बच्चालाई झन् असर परेको छ सिर्जनाले भनिन् विस्थापितहरूलाई विद्यालयमा सामूहिक खानाको व्यवस्था गरिएको छ । तर गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकलाई थप समस्या भएको उनको गुनासो छ ।
‘पोषणयुक्त खानेकुरा छैन । लाइनमा बसेर खानुपर्छ । अस्पताल जान पाएको छैन । हामीलाई धेरै गाह्रो भइरहेको छ उनले आफ्नो समस्या सुनाइन् ।सिर्जनाको त्रिशूलीमा मासु पसल र बंगुर फार्म थियो । श्रीमान् र उनी मिलेर व्यवसाय गरेका थिए । तर बाढीले बगाएपछि विद्यालयमा आश्रय लिएर बस्नु परेको छ ।‘२०० वटा बंगुर थिए, ती पनि बगाए उनले भनिन्अहिले खान र बस्नेकै समस्या भएको छ । मेरा श्रीमान् र एक छोरी छन् ।
सिर्जनाले स्वास्थ्य उपचारको लागि जोहो गरेको पैसासमेत त्यस दिन निकाल्न भ्याइनन् । ‘पैसा र केही सुन थियो । सबै बगायो । अहिले जे लगाएको छु, त्यति मात्र हो,’ उनले भनिन्, ‘सुत्केरी हुने समय नजिकिँदै छ । कहाँ बस्ने, के गर्ने कुनै ठेगान छैन ।
साभार : अनलाइनखबर
ताजा अपडेट
- गर्भवती सिर्जना : बाढीले घर गुमाइन्, स्कुलको चिसो कोठामा बस्छिन्
- प्रेमीसँग मिलेर श्रीमान्काे हत्या गर्न श्रीमतीले दिइन् डेढ लाखको सुपारी
- त्रिशूली ३ ए को सुरुङको ढोकामा पुगेका इन्जिनियर भन्छन् : स्ल्याब बन्द भएकाले भित्र ढुंगा नछिरेको अनुमान छ
- बाढी प्रभावितलाई तमु धिं युकेको एक करोड
- रसुवा बाढी : टनेलमा कसरी भइरहेको छ काम
- उद्धारमा सेना परिचालन भयो, जनपरिचालन भएन : प्रचण्ड
- काठमाडौं उपत्यकामा ठूला होटल, रेस्टुरेन्टसहित व्यवसायीलाई ग्यास नदिइने, घरायसी ग्राहकलाई प्राथमिकता
- कांग्रेसको आरोप– सरकार फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्यो
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया