हामी भनिरहेका छौं- सरकारको साथमा छौं, सरकार भन्छ- हाम्रो मर्जीले गर्छाैं
१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसले बाढीपीडितको राहत र उद्धारमा सरकारमा साथ दिन तयार रहेपनि सरकार आफूखुसी हिँडेको भन्दै चिन्ता प्रकट गरेको छ ।प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले यस्तो बताएका हुन् ।
हामी भनिरहेका छौं– सरकारको साथमा छौं, सरकारले भनिरहेको छ–हाम्रो मर्जीले गर्छाैं’, आङ्देम्बेले भने ।स्थानीय सरकार विपद् व्यवस्थापनमा प्रभावकारी ढंगले काम गर्नसकेको उदाहरण आङ्देम्बेले कोभिड–१९ लाई दिए ।आफन्त र आफ्नो सर्वस्व गुमाएर पनि स्थानीय जनप्रतिनिधि जुटिरहे पनि केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारसँग पटक्कै समन्वय नगरेको दाबी गरे ।
‘हामीले भन्यौं– संघले नेतृत्व गरोस्, अरू कसले के के गर्ने कार्यविभाजन गरेर काम गरोस् । समन्वयमा काम होस्,’ उनले भने, ‘तर, फिटिक्कै समन्वय भएन । यद्यपि, भेटघाट भने भएको छ ।कांग्रेसले सबैको समन्वयमा संघीय सरकारको नेतृत्वमा विपद्को सामना गरौं भनिरहेपनि सरकारले गम्भीरतापूर्वक नलिएको आङ्देम्बेले आरोप लगाए ।
साभार : अनलाइनखबर
ताजा अपडेट
- हामी भनिरहेका छौं- सरकारको साथमा छौं, सरकार भन्छ- हाम्रो मर्जीले गर्छाैं
- प्रचण्डको प्रश्न : प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ यो के तरिका हो
- मन्दिरको जग्गा व्यक्तिको नाममा,एयरपोर्टको जग्गामा गडबडी
- भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन
- पानीको बोतल लिन जाँदा बस छुट्यो, अहिले भन्छन्– भगवान्ले बाटो छेकेका रहेछन्
- गर्भवती सिर्जना : बाढीले घर गुमाइन्, स्कुलको चिसो कोठामा बस्छिन्
- प्रेमीसँग मिलेर श्रीमान्काे हत्या गर्न श्रीमतीले दिइन् डेढ लाखको सुपारी
- त्रिशूली ३ ए को सुरुङको ढोकामा पुगेका इन्जिनियर भन्छन् : स्ल्याब बन्द भएकाले भित्र ढुंगा नछिरेको अनुमान छ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया