कांग्रेस र एमालेलाई लाग्याे महाधिवेशन
काठमाडौं : जेनजी आन्दोलनछिको अन्यौलता चिर्दै दुई प्रमुख पार्टी महाधिवेशनमा केन्द्रित भएका छन्।
महाधिवेशन प्रतिनिधि टुंग्याएसँगै एमालेका साढे ६ लाख कार्यकर्तालाई औपचारिक रुपमा महाधिवेशन लागेको छ। केन्द्रीय संगठन विभागले हिजोसम्म प्रतिनिधिहरुको नाम पठाइसक्न भनेको थियो। चार जिल्लाबाहेक सबै ठाउँमा प्रतिनिधि छानिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार केहीमा विवाद छ। धनकुटामा माइन्युट च्यात्नेदेखि मतपेटिका गायब पार्नेसम्मका गतिविधि भएका छन्। बझाङमा ऐन महर र भैरव सिंह गुटको शक्ति संघर्षले तीनथरी सूची सार्वजनिक हुँदा विवाद छ।
तनहुँमा नेताहरुबीच हात हालाहाल भएपछि मतगणना रोकिएको छ। योसँगै एमाले अब जनपरिचलनतर्फ केन्द्रित भएको बागमती प्रदेश इन्चार्ज राजन भट्टराईले जानकारी दिए। उनका अनुसार उपत्यका र वरिपरिका जिल्लामा वडा तहबाटै कार्ययोजना बनाएर जनपरिचालनको तयारी सुरु गरिएको छ। भक्तपुरको सल्लाघारी मैदान ढाक्नेगरी कार्यकर्ता उतार्ने तयारीमा एमाले लागेको छ। एमालेले यही मंसिर २७ देखि २९ गतेसम्म ११औँ महाधिवेशन गर्दैछ।
यता छोटो समयमै महाधिवेशन गर्नुपर्ने दबाबमा रहेको कांग्रेसले पनि आजैदेखि तयारी थालेको जनाएको छ। कार्यतालिका अनुसार यही मंसिर २० गते क्रियाशील सदस्यताका लागि फारम वितरण गरी पुस ८ भित्र नयाँ क्रियाशील सदस्यताको काम सक्नुपर्नेछ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजदेखि व्यवस्थापकीय काम धमाधम सुरु सुरु भइसकेको छ। तालिकाअनुसार नै सम्पन्न गर्ने गरी द्रुत रुपमा काम थालिएको पौडेलले बताए। कांग्रेसले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया