१० लाख सैनिकलाई १७ सय ७६ डलरका चेक दिने ट्रम्पको घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट बुधबार राति देशवासीलाई सम्बोधन गरेका छन् । सम्बोधनमा उनको मुख्य ‘फोकस’ अमेरिकी अर्थतन्त्रमा थियो । ट्रम्पले मुद्रास्फीति र उच्च मूल्यका निम्ति पूर्ववर्ती राष्ट्रपति जो बाइडेनलाई जिम्मेवार ठहर्याए । सम्बोधनका क्रममा उनले बाइडेनमाथि तिखो कटाक्ष गरे । उनले आफ्नो सरकारको कार्यकालमा आर्थिक अवस्थामा सुधार र धेरै सकारात्मक प्रगति देखिएको जिकिर गरे । नयाँ योजना घोषणा गर्दै उनले त्यसलाई ‘वारियर डिभिडेन्ड’ नाम दिए ।
त्यसअन्तर्गत १० लाख सैनिकलाई १७ सय ७६ डलरका चेक दिइने उनले बताए । ट्रम्पले यसलाई सैनिकको सम्मानको कदम भने । हालका दिनमा ट्रम्पले मुद्रास्फीति र जीवनयापनको बढ्दो लागतका निम्ति आलोचनाको सामना गर्नुपरेको छ । उनको आफ्नै पार्टीका केही नेताले पनि यसबारे चिन्ता व्यक्त गरेका छन् । साधारण जनताका आर्थिक समस्या सम्बोधन गर्न ठोस कदम नचालिएको आलोचकको टिप्पणी छ । ट्रम्पले यो आरोप अस्वीकार गर्दै आएका छन् ।
ट्रम्पले सैन्य बलको भूमिकाको प्रशंसा गर्दै एउटा विशेष आर्थिक घोषणा पनि गरे । उनले क्रिसमसभन्दा पहिले १४ लाख ५० हजारभन्दा बढी अमेरिकी सैनिकलाई एकमुस्ट ‘योद्धा लाभांश’ दिइने बताए ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया