Techie IT
  • सोमबार, भदौ १५, २०८३ / Monday, August 31, 2026
गृहपृष्ठकला/साहित्य/मनोरञ्जनकृषि रियालिटी गेम शो ‘र’ मा राजेश हमाल बने महाहोस्ट, ट्रेलर सार्वजनिक

कृषि रियालिटी गेम शो ‘र’ मा राजेश हमाल बने महाहोस्ट, ट्रेलर सार्वजनिक


कृषि रियालिटी गेम शो ‘र’ (रिभोलुस्नरी एग्रिकल्चर वार) को ट्रेलर सार्वजनिक भएको छ।

बिहीबार राति ओएसआर रियालिटी युट्युबमामार्फत सार्वजनिक ट्रेलरमा अभिनेता राजेश हमाल महाहोस्ट रहेका छन्।

यो शोमा किसान तथा कृषि प्राविधिक गरी दुई किसिमका प्रतिस्पर्धी छन्। प्रतिस्पर्धीबिचमा रोचक र मनोरञ्जकसँगै जानकारीमूलक विभिन्न खेलहरूमा प्रतिस्पर्धा हुनेछ जसले मुख्यतः तीन बृहत् क्षेत्र कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई समेटने जनाइएको छ।
कृषि र किसानको पहिचान र सम्मान अभिवृद्धि गर्ने उद्धेश्यले यो शो ल्याइएको आयोजकले जनाएको छ।



तपाईको प्रतिक्रिया