एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पदबाट राजीनामा दिनु ‘बुद्धिमानी’ हुने धारणा व्यक्त गरेका छन् । अमेरिकी नौसेनाले भेनेजुएलाको तेल सम्पत्तिमाथि नाकाबन्दी कडा बनाउँदै दबाब बढाइरहेका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो ।
मदुरोले करिब १२ वर्षदेखि सत्ता सम्हालिरहेको सन्दर्भमा पत्रकारहरूले उनलाई राजीनामा दिन बाध्य पार्ने उद्देश्य हो कि भन्ने प्रश्न सोध्दा ट्रम्पले निर्णय मदुरो स्वयंको हातमा रहेको बताए । ट्रम्पले ‘उहाँले त्यसो गर्नु बुद्धिमानी हुनेछ’ भन्दै चेतावनीपूर्ण शैलीमा प्रतिक्रिया दिनुभयो । ट्रम्पले मदुरोले कडा अडान लिएको खण्डमा त्यो अन्तिम पटक मात्र हुने चेतावनीसमेत दिए ।
यसको जवाफमा भेनेजुएलाका राष्ट्रपति मदुरोले ट्रम्पलाई आफ्नै देशको घरेलु समस्या—विशेषगरी आर्थिक र सामाजिक चुनौती—मा ध्यान केन्द्रित गर्न सुझाव दिए । सार्वजनिक टेलिभिजनमार्फत सम्बोधन गर्दै मदुरोले अमेरिकाले आफ्ना आन्तरिक मामिलाहरू सम्हाल्न सके विश्व समुदायका लागि पनि सकारात्मक सन्देश जाने धारणा राखे ।
यसैबीच, भेनेजुएलाका प्रमुख सहयोगी रुसले मदुरो सरकारप्रति ‘पूर्ण समर्थन’ दोहोर्याएको छ । युक्रेन युद्धमा व्यस्त रहेको मस्कोले बढ्दो संकटबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकको पूर्वसन्ध्यामा आफ्नो समर्थन सार्वजनिक गरेको हो । रूसी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री सर्गेई लाभ्रोभ र भेनेजुएलाका समकक्षी इवान गिलबीच फोन वार्ता भएको थियो, जसमा अमेरिकी कारबाहीको कडा आलोचना गरिएको छ ।
रुसी पक्षले क्यारेबियन सागरमा अमेरिकी गतिविधि बढेकामा गहिरो चिन्ता व्यक्त गर्दै यसले क्षेत्रीय स्थिरता र अन्तर्राष्ट्रिय ढुवानीमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएको छ । साथै, वर्तमान परिस्थितिमा भेनेजुएलाको नेतृत्व र जनताप्रति पूर्ण ऐक्यबद्धता व्यक्त गरिएको छ ।
गत हप्ता ट्रम्पले भेनेजुएलाबाट आउने–जाने ‘प्रतिबन्धित तेल जहाज’ रोक्ने घोषणा गरेका थिए । उनले काराकासले तेलको आम्दानी लागुऔषध आतंकवाद, मानव बेचबिखन, हत्या र अपहरणमा प्रयोग गरिरहेको आरोप लगाए । यसको प्रतिउत्तरमा भेनेजुएलाले अमेरिकामाथि शासन परिवर्तन खोजेको र अन्तर्राष्ट्रिय पाइरेसी गरेको आरोप लगाएको छ ।
रुस र चीनले भेनेजुएलाको आग्रहमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाउने प्रस्तावलाई समर्थन गरेका छन् । मस्कोको विज्ञप्तिमा अन्तर्राष्ट्रिय मञ्च, विशेषगरी संयुक्त राष्ट्रसंघमा आपसी समन्वय बढाउने सहमति भएको उल्लेख छ ।
यसैक्रममा भेनेजुएलाका विदेशमन्त्री गिलले टेलिग्राममार्फत क्यारेबियन क्षेत्रमा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन, गैरन्यायिक हत्या र अमेरिकी समुद्री कारबाहीबारे छलफल भएको जानकारी र्दिएका छन् । उनका अनुसार लाभ्रोभले भेनेजुएलाविरुद्धको शत्रुताको सामना गर्न रुसको पूर्ण समर्थन पुनः पुष्टि गरेका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने भेनेजुएलालाई रुसले दिएको समर्थनलाई कम आँक्दै, रुस युक्रेन युद्धमा व्यस्त भएकाले वासिङ्टन चिन्तित नभएको टिप्पणी गरेका छन् । युक्रेन युद्धको समाधान नआउँदा ट्रम्पले मस्कोप्रति असन्तुष्टि व्यक्त गरेसँगै अमेरिका–रुस सम्बन्धमा तनाव देखिएको छ ।
यसै सन्दर्भमा, राष्ट्रपति मदुरोले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै पठाएको पत्र राज्य टेलिभिजनमा पढेर सुनाइएको छ, जसमा अमेरिकी नाकाबन्दीले विश्वव्यापी रूपमा तेल र ऊर्जाको आपूर्तिमा गम्भीर असर पार्ने चेतावनी दिइएको छ ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया